काठमाण्डौ । बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमीटेडले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्ने भएको छ ।
कम्पनीले ४ करोड रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावितका लागि र ८ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि जारी गर्ने भएको हो ।
आइपीओ निश्कासनका लागि कम्पनीले सिभिल क्यापिटल लिमीटेडलाई निश्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य र बुद्धभूमिका प्रबन्ध निर्देशक बलराम खतिवडाले हस्ताक्षर गरे ।
हाल बुद्धभूमि हाइड्रोपावर कम्पनीको चुक्तापूँजी २८ करोड रुपैयाँ रहेको छ । आइपीओपछि बढेर ४० करोडको उचाईमा पुग्नेछ । यो कम्पनीको संस्थापकको ७० र सर्वसाधारण सेयरधनीको ३० प्रतिशत सेयर हिस्सा रहेको छ ।
बुद्धभूमिले नूवाकोटको टाँडी खोलामा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago