काठमाण्डौ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। 

समीक्षा अवधिमा कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिमा १ करोड ४६ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।

चौथो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११०८.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ३६ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो। 

चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनी रिटेन्ड अर्निङ भने ४ करोड ९२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ६ करोड ७१ लाख रुपैयाँले ऋणात्मक थियो। 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.७८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ३.५४ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो १२०.५८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९१.०२ गुणा रहेको छ।