Nepal Stock Exchange
काठमाण्डौ । साताको चौथो कारोबार दिन बुधबार पूँजीबजार हराभरा भएको छ । बैंक र बिमाको चमकधमकसँगै प्राय सबै परिसूचकहरु उकालो लागेका छन् ।
मंगलबार संसदले विवादास्पद बाफियाको संसोधन बिधेयकलाई थप छलफलका लागि भन्दै अर्थसमितिमै पठाएपछि त्यसको सकारात्मक प्रभावले बजारमा चमकधमक बढेको विश्लेषकहरु बताउँछन् ।
बुधबार बजार परिसूचक(नेप्से) १८.७ अंकले उक्लिँदै १६४७.५१ अंकको उचाईमा पुगेको छ । सबैभन्दा बढी बिमा समूहको परिसूचक एकैदिन २०९.९८ अंकले उक्लिएको छ भने बुधबार पनि जलविद्युत समूहले बिमालाई पछ्याएको छ । यो समूहको सूचक ७५.३१ अंकले उकालो लागेको छ ।
वाणिज्य बैंक समूह १२.४८ अंकले उक्लिँदा विकास बैंक पनि १३.२७ अंकले उकालो लागेको छ । ५३ अंकले बढेको होटल समूहको सूचकलाई उत्पादनमूलकले पछ्याएको छ । यो समूहको परिसूचक ३५.८ अंकले उकालो लागेको छ । बित्त समूहमा पनि ११.५७ अंकको बढोत्तरी देखिएको छ । सबै समूहको सूचक हराभरा हुँदा अन्य समूहमा भने रातो पोतिएको छ । यो समूहको परिसूचक ७.०५ अंकले तल झर्यो । बुधबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ३.९४ र १.३७ अंकले उकालो लागे ।
१ सय ३६ कम्पनीका २२ लाख ९४ हजार ७ सय ३६ कित्ता सेयर १ अर्ब ७८ करोड १७ लाख ५४ हजार रुपैयाँमा किनबेच भयो ।
बुधबार सबैभन्दा लालीगुँरास इन्स्योरेन्सले १९ करोड ७७ लाखको कारोबार गर्यो । नेशनल लाइफ इन्स्योरेन्सको ९ करोड ९० लाख, नेपाल इन्स्योरेन्सको ९ करोड ५ लाख, सानिमा हाइडोको ८ करोड ७२ लाख, एभरेष्ट बैंकको ८ करोड १६ लाख बराबरको सेयर किनबेच भयो ।
बुधबार धेरै कारोबार गर्ने उत्कृष्ट १० कम्पनीको सूचिमा ५ स्थान बिमाले ओगट्यो भने ३ स्थान वाणिज्य बैंक र बाँकी २ स्थान जलविद्युत कम्पनीले कब्जा गरे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago