काठमाण्डौ । नेपाल बैंकको १५ करोड ६६ लाख बढीको सेयर कारोबार हुँदा नेप्सेमा बुधबार कारोबार रकम बढेर ४० करोड माथि पुगेको छ ।
यो दिन नेप्से परिसूचक २.१ अंकले घटेर ११५९.३८ को विन्दूमा सीमित हुन पुग्यो । नेप्से परिसूचक घटे पनि नेपाल बैंकको उच्च कारोबार कारण कारोबार रकम बढेर ४० करोड माथि पुगेको हो ।
यो दिन अन्य समूह २.११ अंकले बढे पनि बाँकी रहेका सबै समूहमा गिरावट आयो।
बैंकिंग समूह १.८१ अंकले घट्यो भने होटल समूहमा ३.२५ अंक, विकास बैंक समूहमा ०.८२ अंक, जीवन बिमा समूहमा १.८८ अंक, निर्जीवन बिमा समूहमा २५.४१ अंक, जलविद्युत समूह ४.९७ अंक, बित्त समूह ०.१५ अंक र माइक्रोफाइनान्स समूह १२.९१ अंकले घटे ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५३ कम्पनीका १३ लाख ९६ हजार ९ सय २७ कित्ता सेयर ४० करोड ४८ लाख ४ हजार ७ सय ३४ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी नेपाल बैंकको १५ करोड ६६ लाख बढीको सेयर कारोबार भयो ।
यस्तै, सोल्टी होटलको ३ करोड ७२ लाख बढीको सेयर कारोबार भएको बजारमा एनएमबी बैंकले २ करोड ९ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड १८ लाख, नेपाल इन्स्योरेन्सले १ करोड ४ लाख, ग्लोबल आइएमई बैंकले ८० लाख, सानिमा बैंकले ७८ लाख, नागरिक लगानीकोषले ५७ लाख, एनसीसी बैंकले ५५ लाख र जनता बैंकले ५४ लाख बढीको कारोबार गरेको छ ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन सबैभन्दा बढी सिटिजन्स म्युचुअल फण्ड १ का इकाईधनीले कमाए । यो स्किमको इकाई मूल्यमा ४ प्रतिशतको हाराहारीमा बढोत्तरी भयो ।
यो दिन समता माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै ५.४१ प्रतिशतले सम्पत्ति गुमाए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19