काठमाण्डौ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ।
आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको हो। यो निर्णयसँग सरकारले यो आयोजना चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप बनाउन नदिने भएको छ।
यसअघि भएको मन्त्रिपरिषदको निर्णयअनुसार काम हुन नसकेकाले चिनियाँ कम्पनीलाई यो आयोजनाबाट बिदा गर्ने निर्णय सरकारले गरेको हो।
चालु आर्थिक वर्षको बजेटमा बूढीगण्डकीको निर्माण ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा गरिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19