काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर ११७ नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिको शनिबार साँझसम्म तथ्यांकअनुसार मृतकको संख्या ११७ पुगेको हो। समितिका अनुसार विश्वभर यो सातामात्र २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ।
यो साता यूएईमा ९, साउदी अरबमा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको यो साता ज्यान गएको समितिको तथ्यांकमा उल्लेख छ। एनआरएनएको स्वास्थ्य समिति हालसम्म भने सबैभन्दा बढी यो भाइरसबाट बेलायतमा ६५ जना नेपालीको भइसकेको मृत्यु भएको तथ्यांकले देखाएको छ।
यस्तै हालसम्म यूएईमा १८ जना, अमेरिकामा १६ जना, साउदी अरबमा ७ जना, नेपालमा ३ जना, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्डस्, बहराइन, स्विडेन, कतार र कुवेतमा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ।
समितिका अनुसार नेपालसहित विश्वभर १२ हजार ८२१ नेपाली कोरोनाबाट संक्रमित भएका छन्। संक्रमितमध्ये ४ हजारभन्दा बढी नेपाली निको भइसकेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago