काठमाण्डौ । बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण सुरु हुने भएको छ।
लन्डनस्थित इम्पिरियल कलेजमा ३०० मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण हुन लागेको हो। यो परीक्षणको नेतृत्व प्रोफेसर रोबिन शटोक गर्नेछन्।
यो भ्याक्सिनको गत जनवरीमा क्लिनिक ट्रायल सफल भएको थियो। यो भ्याक्सिनले मानिसको इम्युनिटी क्षमता बढाउन निकै सफल हुने दाबी वैज्ञानिकहरुले गरेका छन्।
हाल विश्वभर १२० ठाउँमा कोरोनाविरुद्धको भ्याक्सिन बनाउने प्रयास भइरहेका छन्। तीमध्ये १३ स्थानमा भ्याक्सिनको क्लिनिकल ट्रायल भइरहेको छ। जसमा चीनमा ५, अमेरिका ३, बेलायतमा २ तथा अस्ट्रेलिया, रुस र जर्मनीमा एक/एक रहेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19