काठमाण्डौ । बेलायतमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणबाट मृत्यु भएको पहिलो घटना सार्वजनिक भएको छ।
प्रधानमन्त्री बोरिस जोन्सनले ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको पुष्टि गरेका हुन्। ‘ओमिक्रोनबाट संक्रमित हुनेहरु अस्पताल भर्ना हुन थालेका छन्’, बेलायतवासीसँग अनुरोध गर्दै उनले भने, ‘त्यसैले यो भेरिएन्टबाट बच्नका लागि सबैभन्दा उत्तम उपया भनेको बुस्टर डोज लगाउनु नै हो। त्यसैले बुस्टर डोज लगाउनुहोस्।’
प्रधानमन्त्री जोन्सनका अनुसार यो महिनाको अन्त्यसम्म सबै बयस्क नागरिकलाई बुस्टर डोज लगाउने लक्ष्य राखिएको छ। ‘जुन तीव्रताका साथ ओमिक्रोनको संक्रमण बढिरहेको छ, त्यस हिसाबले सबैजना सतर्क हुन आवश्यक छ’, उनले भने, ‘हामीले ओमिक्रोनलाई हल्का भेरिएन्टका रुपमा लिन हुँदैन।’
बेलायतका स्वास्थ्यमन्त्री साजित जाविदले ओमिक्रोन भेरिएन्टको मामिला २० प्रतिशत रहेको बताए। उनले हालसम्म १० जना ओमिक्रोनबाट संक्रमित भएकाहरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेको जानकारी दिए। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19