काठमाण्डौ । बेलायतमा तीवग्रतिमा कोरोना संक्रमण फैलिन थालेको छ।
पछिल्लो तथ्यांकअनुसार बुधबारमात्रै बेलायतमा ७८ हजारजनाभन्दा धेरै मानिसमा कोरोना पुष्टि भएको छ। बेलायतमा यो एक दिनको संख्या कोरोना महामारी सुरु भएयताकै सर्वाधिक हो।
यसअघि गत जनावरीमा एकैदिन बेलायतमा सबैभन्दा धेरै ६८ हजारजना संक्रमित पुष्टि भएको थियो। त्यसपछि बेलायतमा लकडाउन लगाइएको थियो।
बेलायतका प्रमुख स्वास्थ्य अधिकारी प्राध्यापक क्रिस विटीले त्यस्तो रेकर्ड संख्या आउँदा केही सातामा कैयौँपटक भंग हुने बताए। उनले क्रिसमसका बेला जमघट गर्नुअघि मानिसहरुले के कुरा महत्वपूर्ण हो भन्ने प्राथमिकता निर्धारण गर्न सक्नुपर्ने बताए।
प्रधानमन्त्री बोरिस जोनसनले कोरोना खोपको बुस्टर मात्रा लिनु निकै महत्वपूर्ण रहेको बताए।
उनले केही ठाउँमा दुई दिनभित्रै संक्रमितको संख्या दोब्बरले बढेको पाइएको बताए।
जोनसनका अनुसार राष्ट्रव्यापी रूपमा अस्पताल भर्ना हुने दर १० प्रतिशतले र लन्डनमा झन्डै एक तिहाइले बढेको देखिन्छ।
लन्डनमा ओमिक्रोनको संक्रमण फैलिरहेको छ।
प्राध्यापक विटीले यतिखेर बेलायतले एकसाथ दुई छुट्टाछुट्टै प्रकोप झेलिराखेको बताए। उनका अनुसार उक्त प्रकोप अहिले निकै छिटो फैलिरहेको ओमिक्रोन र पहिलादेखि फैलिरहेको डेल्टा भेरिअन्टका कारण बनेको हो।
अहिले बेलायतमा कोरोनासँग सम्बन्धित मृत्युको संख्या भने ह्वात्तै बढेको देखिँदैन। विगत २८ दिनमा त्यहाँ कोभिड पुष्टि भएका मानिसमध्ये १६५ जनाको मृत्यु भएको आधिकारिक तथ्यांक छ। –बीबीसीबाट
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19