काठमाण्डौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्।
राजीनामा दिनुअघि जोनसनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए। आफ्नो सम्बोधनमा जोनसनले जनतालाई धन्यवाद व्यक्त गरे। ‘म बेलायतका जनतालाई धन्यवाद भन्न चाहन्छु’, उनले भने।
सम्बोधनको अन्त्यमा नयाँ नेतृत्व चयन नभएसम्म आफूले पदमा बसेर जनताको सेवा गरिरहने पनि जोनसनले बताए। ‘यो पद छाड्दा निकै दुःख लागेको छ’, उनले भने, “म यो संसारको सबैभन्दा राम्रो काम छोडेर कत्ति दुखी छु भनेर सबैलाई बताउन चाहन्छु।’
अब कन्जरभेटिभ पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री जोनसनले निरन्तरता पाउनेछन्। नयाँ नेता छनोटको प्रक्रिया अहिले सुरु गर्नुपर्ने र अर्को सातादेखि यसको समयतालिका सुरु हुने जोनसनले बताए। जोनसनले भने, ‘जोकोही नयाँ नेता हुन्, उनलाई मेरो पूर्ण समर्थन रहनेछ।’
पछिल्ला दुई दिनमा जोनसनको मन्त्रिपरिषद्का धेरै मन्त्रीले राजीनामा दिएका छन्। बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको राजीनामासँगै अन्य मन्त्रीहरुले पनि राजीनामा दिन सुरु गरेका थिए। उनीहरुले जोनसनको नेतृत्वमा अब विश्वास नरहेको भन्दै राजीनामा दिएका थिए।
आगामी दिनमा कन्जरभेटिभ पार्टीमा नेता पदका लागि प्रतिस्पर्धा हुने र आगामी अक्टोबरमा पार्टीको महाधिवेशनमा नयाँ प्रधानमन्त्रीको घोषणा गरिनेछ। –एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19