काठमाण्डौ । नेपाल बैंकर्स संघको गुनासो सुनुवाइ समितिको संयोजकमा अनिल उपाध्याय नियुक्त भएका छन्।
गुनासो सुनुवाइ समितिमा नियुक्त उपाध्याय संघको उपाध्यक्ष र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पनि हुन्। समितिको सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगी र संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सदस्यसचिव छन्।
यसअघि समितिको संयोजकमा अनुकूल भटनागर थिए। एसबीआई भारतले उनलाई फिर्ता बोलाएपछि समितिको संयोजक पद रिक्त थियो।
यो समितिले बैंक तथा ग्राहकहरुबाट आउने गुनासोहरुको सुनुवाई गर्ने गर्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19