काठमाण्डौ । मार्केट मेकरका रुपमा स्थापित नागरिक स्टक डिलर कम्पनीले बैंकहरुमा १८ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
नागरिक स्टक डिलरले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क र ख वर्गका बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा उक्त रकम लगानी गर्ने भएको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आफू लिन चाहेको रकम, प्रदान गर्ने ब्याजदर र ब्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरेर प्रस्ताव पेस गर्न कम्पनीले आज सूचना प्रकाशित गरी जानकारी गराएको छ। यसका लागि कम्पनीले ७ दिनको समयावधि तोकेको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले नागरिक स्टक डिलरको वेबसाइटमा गएर फाराम डाउन लोड गरी काठमाण्डौको नयाँबानेश्वरस्थित कार्यालयमा बुझाउन सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago