काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको लिलामीमा राखेको संस्थापक सेयरमा बोलपत्र पेस गर्ने आज आइतबार अन्तिम मौका रहेको छ। 

बैंकले लिलामीमा राखेको संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता सेयरमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सकिनेछ। 

बैंकले लिलामीमा राखिएको सेयर प्रतिकित्ता १४० रुपैयाँ तोकेको छ। यसको मतलब लगानीकर्ताले सोही मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिने भनिएको छ। लिलामीमा विद्यमान संस्थापक तथा सर्वसाधारणले बोलपत्र पेस गर्न सक्ने जनाइएको छ। 

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। अब लगानीकर्ताले असोज ४ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन्। 

बैंकले गत भदौ १ गतेदेखि संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता सेयर लिलामीमा राखेको थियो। सुरुमा लिलामीमा राखिएको सेयरमा भदौ ८ गतेसम्म बोलपत्र पेस गर्न सकिने भनिएकोमा स्थानीय प्रशासनले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेपछि बैंकले अर्को सूचना जारी गरी बोलपत्र पेस गर्न सकिने अवधि भदौ १५ गते दिउँसो २ बजेसम्म बढाएको थियो। 

यसबीच स्थानीय प्रशासनले पुनः निषेधाज्ञाको अवधि भदौ १७ गते राति १२ बजेसम्म बढाएसँगै बैंकले बोलपत्र पेस गर्ने कार्य स्थगित गरेको गरेको थियो। अब स्थिति सामान्य भएपछि मात्र सार्वजनिक सूचना प्रकाशित गरी बोलपत्र दाखिला पुनः सुचारु गरिने बैंकले जनाएको थियो। 

सोहीअनुसार बैंकले पुनः भदौ ३० गतेबाट लिलामीमा सेयरमा बोलपत्र पेस गर्ने कार्य सुरु गरेको थियो।