काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि बैंक अफ काठमाण्डू (बीओके) द्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ।

बैंकले लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनाका लागि भोलि (कात्तिक २८ गते) देखि मंसिर १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज (कात्तिक २७ गते) सम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

बैंकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते डोकेको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम मिटिङ) मार्फत हुने बैंकले जनाएको छ। 

सभाले बैंकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशत हुन आउने २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।