काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ रु. एघार लाखसम्मको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउँदै आईरहेको छ । बीमा सुबिधा अन्र्तगत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि रु. पाँच लाख, १८ प्राणघातक रोगहरुको लागि रु. पाँच लाख तथा औषधी उपचारको लागि रु. एक लाखको बीमा सुबिधा रहेको छ ।
यसै सुबिधा अन्र्तगत रुद्र प्रसाद वस्तीलाई बैंकले रु. पाँच लाख बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ । केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरी हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जीवनयापन गरिरहेको बैंकले दाबी गरेको छ ।वस्तीले बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ्ग कारोबार गर्दै आईरहेका छन् ।
बैंकको बाग्मती प्रदेश अन्र्तगत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दीपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको उपस्थिति रहेको थियो ।
बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago