काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले सर्वसाधारण तथा ब्यक्तिगत लगानीकर्ताहरुको दीर्घकालीन लगानीमा उच्चतम् प्रतिफल सुनिश्चितता हुने एवं सुरक्षित लगानी हुने दृष्टिकोणबाट गत मंसिर २४ गते देखि “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन खुल्ला गरेकोमा गत मंसिर २९ गते सोमबार निष्काशन बन्द गरिएको जानकारी दिएको छ । 

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरीएको छिटो अन्तिम मितिमा नै बन्द भएको बैंकले जनाएको छ । बैंकद्वारा निष्काशन गरिएको ऋणपत्रमा लगानीकर्ताहरुकोे सहभागिताले यस बैंक र लगानीकर्ताहरु बीचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको बताएको छ । 

साथै, बैंकले उक्त ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो । 

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।