काठमाण्डौ। बैंक अफ काठमाण्डौको पौने ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। 

बैंक अफ काठमाण्डूले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाममा रहेको ४ लाख ८१ हजार १७४ कित्ता संस्थापक सेयर जेठ ११ गते देखि बिक्रीमा राखेको हो। यो सेयर बैंकका विद्यमान संस्थापकले मात्रै खरिद गर्न पाउनेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ। त्यसैले लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।  

इच्छुक संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा लिखित निवेदनसहित आवेदन दिनुपर्नेछ। 

निर्धारित समयमा कुनै पनि निवेदन प्राप्त नभएमा उक्त संस्थापक सेयर प्रचलित कानुनबमोजिम बिक्री गरिने बैंकले जनाएको छ।