काठमाण्डौ । बैंक अफ काठमान्डूले १ अर्ब १० करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज भदौ ७ गते अन्तिम दिन रहेको छ। 

गत भदौ २ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ११ लाख इकाइ भएको ‘बीओके डिबेन्चर २०८६ (क)’ निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। 

कुल इकाइमध्ये ६ लाख ६० हजार इकाइ ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख ४० हजार इकाइ ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ। सर्वसाधारणका लागि निष्कासन गरिएका इकाइबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशतले हुन आउने २२ हजार इकाइ छुट्याइएको छ। 

लगानीर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १ लाख इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन्। 

यो सातवर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्। 

ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यपिटल लिमिटेड रहेको छ।