काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडले पनि हकप्रद ल्याउने भएको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको छ। 

कम्पनीले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगमा स्वीकृति लिएर आगामी वार्षिक साधारणसभाबाट पारित गर्ने कम्पनीले जनाएको छ। 

शिवश्री हाइड्रोपावरले हकप्रद ल्याउनुको मुख्य उद्देश्य ऋणमोचन नै रहेको छ। बैंक ऋण भुक्तानीका लागि हकप्रद जारी गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।