काठमाण्डौ । सरकारले बैकुण्ठ अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। 

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो। अर्यालले असार २ गते सचिवको पाँचवर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। उनी प्रधानमन्त्री कार्यालयमा सचिव थिए।

अहिले मुख्यसचिव रहेका शंकरदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार  नियुक्त गरेको छ।