काठमाण्डौ । बैतडीको पाटन नगरपालिकाको क्वारेन्टिनमा बसेका एक युवकको शनिबार राति मृत्यु भएको छ।
पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टका अनुसार भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन वडा नं. ६ का ३१ वर्षीय युवकको राति करिब साढे ८ बजे मृत्यु भएको हो। उनी शनिबार बिहानमात्रै भारतको बैंगलोरबाट पाटन आइपुगेका थिए।
भट्टका अनुार साँझ एकाएक बेहोस भएका ती युवकलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र ल्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको भट्टले जानकारी दिए।
मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको छ। स्वाब रिपोर्ट आएपछि मात्र मृतकको दाहसंस्कार गर्ने विषयमा छलफल भइरहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।
मृतकसँगै उनका भाइसहित अन्य १३ जना एउटै गाडीमा आएका थिए। उनीहरुमध्ये पाँचजनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आएको छ।
यसअघि पनि भारतबाट आएर बैतडीकै पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको गत जेठ २० गते मृत्यु भएको थियो। उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago