काठमाण्डौ । बोटलर्स नेपाल तराई लिमीटेडले साधारण सेयरधनीलाई प्रति कित्तामा २५ रुपैयाँको दरले नगद लाभांश वितरणको घोषणा गरेको छ । 

यो कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट साधारण सेयरधनीलाई प्रति कित्ता २५ रुपैयाँको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यो प्रस्ताव कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

कम्पनीको बोर्ड बैठकले आगामी ३१ ऋौं वार्षिक साधारणसभाका लागि नोभेम्बर २७ देखि डिसेम्बर ११ सम्म बुक क्लोजको निर्णय गरेको छ । यसको अर्थ नोभेम्बर २६ सम्म यो कम्पनीको सेयर खरीद गर्नेहरु प्रतिकित्ता २५ रुपैयाँ दरले नगद लाभांश पाउन योग्य हुनेछन् । 

यो कम्पनीको दोश्रो बजारमा प्रतिकित्ता अन्तिम कारोबार मूल्य ६ हजार ४ सय ९८ रुपैयाँ रहेको छ।