काठमाण्डौ । बोटलर्स नेपालका दुवै कम्पनीले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेका छन्।
बोटलर्स नेपाल (तराई) लिमिटेडले आउँदो पुस २२ गते ३४ औँ र बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले आउँदो पुस २३ गते ४२ औँ वार्षिक साधारणसभा डोकेका हुन्। दुवै कम्पनीको सभा काठमाण्डौस्थित बालाजु औद्योगिक क्षेत्रमा हुनेछन्।
दुवै वार्षिक साधारणसभा एमएसटिम्सका माध्यमबाट सञ्चालन हुनेछन्। ती सभाले गत आर्थिक वर्षको लेखापरीक्षण भएका वित्तीय विवरणलगायतका प्रतिवेदनहरु पारित गर्नेछन्।
वार्षिक साधारणसभाका लागि बोटलर्स नेपाल (तराई) ले पुस ८ गतेदेखि पुस २२ गतेसम्म र बोटलर्स नेपाल (बालाजु) ले पुस ९ गतेदेखि पुस २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ बोटलर्स नेपाल (तराई) सभामा भाग लिन पुस ७ गतेसम्म र बोटलर्स नेपाल (बालाजु) को सभामा भाग लिन पुस ८ गतेसम्म कायम सेयरधनीहरुमात्र योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19