काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ। 

गत २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीलाई संस्थाको १० औँ वार्षिक साधारणसभाबाट पारित गत आव २०७७/७८ को २० प्रतिशत बोनस पाउन करबापतको रकम जम्मा गर्न संस्थाले आग्रह गरेको हो। 

संस्थाको सेयर रजिस्ट्रार कुमारी क्यापिटलको काठमाण्डौको नक्सालस्थित नागपोखरीमा रहेको कार्यालय वा कुमारी बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी करबापतको रकम यकिन गरी कर तिर्न सकिने संस्थाले जनाएको छ। 

संस्थाले कुमारी बैंकमा रहेको KCL–WOMI TAX COLLECTION 2071/78 खाता नं. ०१३००९८४०७२०००३७ मा जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न आग्रह गरेको छ। 

बोनस सेयरबापत लाग्ने करको विवरण कुमारी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने संस्थाले जनाएको छ।

बुक क्लोजको समयमा सेयर रोक्का रहेका सेयरधनीको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात मात्र बोनस सेयर खातामा पठाइने पनि संस्थाले स्पष्ट पारेको छ। 

हालसम्म आफ्नो सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गरेको अवस्थामा बोनस सेयरसमेत आफ्नो हितग्राही खातामा प्राप्त गर्न सकिने संस्थाले जनाएको छ।