काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तीनवटा वित्तीय संस्थाको गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले मंगलबार स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सेयरमूल्य समायोजना गर्दै प्रतिकित्ता स्वावलम्बनको ८१८.२५ रुपैयाँ, नेपाल एग्रोको ६२६.०९ र श्री इन्भेस्टमेन्टको १५१.४४ रुपैयाँ कायम गरेको छ । अब यी तीनवटै वित्तीय संस्थाको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्ने छ ।
नेप्सेले स्वावलम्बन, नेपाल एग्रो र श्री इन्भेस्टमेन्टले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको क्रमशः २६ प्रतिशत, १५ प्रतिशत र २.३५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो ।
तीनवटै वित्तीय संस्थाले आज (पुस १ गते) देखि साधारणसभा र लाभांश प्रयोजनका लागि बुक क्लोज गरेका छन् ।
स्वालवलम्बन लघुवित्तको १८ औँ वार्षिक साधारणसभा आगामी पुस २० गते काठमाण्डौको गैह्रीधारामा हुनेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको कुल ४० प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
संस्थाले चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार ४०० रुपैयाँको २६ प्रतिशतले हुन आउने बोनस सेय र १४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसैगरी नेपाल एग्रो लघुवित्तको चौथो वार्षिक साधारणसभा आगामी पुस १२ गते कास्कीको पोखरामा हुनेछ ।
साधारणसभामा मुख्य अजेन्डाका रुपमा राखिने गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ३ लाख ९३ हजार २४५ रुपैयाँबराबरको नगद लाभांश पारित हुनेछ ।
यस्तै श्री इन्भेस्टभेन्टको आगामी पुस ११ गते काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली बेक्वेंटमा वार्षिक साधारणसभा हुनेछ ।
सभाले कम्पनीले प्रस्ताव गरेको चुक्तापुँजी ८१ करोड रुपैयाँको १०.६५ प्रतिशतले हुन आउने ८ करोड ६२ लाख ६५ हजार रुपैयाँबराबरको नगद लाभांश र २.३५ प्रतिशतले हुन आउने १ करोड ९० लाख ३५ हजार रुपैयाँबराबरको बोनस सेयर पारित गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago