काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का प्रस्तावित बोनस सेयरका लागि बैंक अफ काठमाण्डू (बीओके) को सेयरमूल्य शुक्रबार समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रस्तावित १३ प्रतिशत बोनस सेयरका लागि बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार अब यो बैंकको प्रतिकित्ता सेयर २६२ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबारमा यो बैंकको सेयर प्रतिकित्ता २९६ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो बैंकको सेयर कारोबारमा आउनेछ।
लाभांश वितरण र वार्षिक साधारणसभा प्रयोजनका लागि आज (कात्तिक २८ गते) देखि मंसिर १५ गतेसम्म बैंकले बुक क्लोज गरेको छ। यसर्थ हिजो (कात्तिक २७ गते) सम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
बैंकले वार्षिक साधारणसभा आउँदो माघ १५ गते डोकेको छ। सभा काठमाण्डौको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्स (जुम मिटिङ) मार्फत हुने बैंकले जनाएको छ।
सभाले बैंकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट सेयधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल १६ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्तावित लाभांशमा १३ प्रतिशतले हुन आउने १ अर्ब ११ करोड १२ लाख ८९ हजार १४ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशत हुन आउने २५ करोड ६४ लाख ६ हजार ६२२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19