– अनन्त्य सुन्दर
काठमाण्डौ । आफूहरुले वार्षिक रुपमा पाउँदै आएको बोनस घटाएपछि रुष्ट बनेका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीहरु न्यायका लागि अदालत जाने भएका छन्।
हालै सम्पन्न नेप्सेको ४० औँ साधारणसभाबाट नेप्सेका कर्मचारीको बोनस खुद नाफाको १ प्रतिशत कायम गर्ने भन्ने प्रस्ताव पारित गरेको छ। आफूहरुले पाउँदै आएको खुद नाफाको ५ प्रतिशत बोनस १ प्रतिशतमा खुम्चिएसँगै नेप्सेमा कार्यरत कर्मचारीहरु रुष्ट भएका हुन्। आव २०७६/७७ को नेप्सेको ३९ औँ वार्षिक प्रतिवेदनमा प्रचलित बोनस ऐनअनुसार आयकर व्यवस्थाअघिको खुद नाफाको ५ प्रतिशत रकम बोनसबापत छुट्याइएको उल्लेख छ। आव २०७७/७८ को नेप्सेको ४० औँ वार्षिक प्रतिवेदनमा भने ‘प्रचलित बोनस ऐन, २०३० अनुसार आयकर व्यवस्था अघिको खुद नाफाको १ प्रतिशत रकम बोनस बापत छुट्ट्याई खच लेख्ने नीति लिइएको छ’ भनी उल्लेख छ।
आफूहरुले पाउँदै आएको बोनस दर सनकका भरमा घटाइएकोले यो निर्णयविरुद्ध अदालत जाने तयारी गरिरहेको एक कर्मचारीले बताए। ‘अहिले हामी कानुनी परामर्शमा छौँ, छिट्टै यो निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गर्छौं’, ती कर्मचारीले भने।
नेप्सेको ४० औँ साधारणसभामा अधिकांश कर्मचारी अनुपस्थितिको प्रमुख कारणमध्येका एक बोनस दर घट्नु नै थियो। नेप्से सञ्चालक समितिको अध्यक्षको भूमिका निर्वाह गरेका अर्थ मन्त्रालयका तत्कालीन सहसचिव दीर्घराज मैनालीले बोनस दर घटाएको कर्मचारीहरुको आरोप छ। ‘मैनालीको हतास मानसिकता, ईष्र्या मनोभावनाका साथै व्यक्तिगत स्वार्थले कर्मचारीले अहिलेसम्म पाउँदै आएको बोनस दर घटाइएको हो’, नेप्सेका अर्का एक कर्मचारीले भने, ‘बोनस घटाउने आफ्नो मुख्य कार्य गर्न सफल भएसँगै उनी एजीएम हुनुअघि नै कर्मचारीले अप्ठ्यारो पार्छन् भनेर अध्यक्षबाट राजीनामा दिएर हिँडे।’
‘नेप्सेले कमाएको मुनाफा र कारोबार रकम जनशक्तिले नभएर मेसिनले गर्दा आएको भन्ने मैनालीको धारण रह्यो’, ती कर्मचारीले भने, ‘हामीले अहिलेसम्म पाएको बोनस अधिकार खोसिएसँगै अब हामीसँगै कानुनी लडाइँ लड्नुको विकल्प छैन।’
नेप्सेमा कार्यरत कर्मचारीले अहिलेसम्म बोनस नलिएका ती कर्मचारीले बताए। ‘हामीले उक्त बोनस नै बहिष्कार गरेका छौँ’, ती कर्मचारीले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago