काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७–७८को बोनस सेयरबापतको कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। 

उक्त आर्थिक वर्षका लागि कम्पनीले चुक्तापुँजी ८.९७ प्रतिशत बोनस सेयर वितरण प्रस्ताव गत माघ २६ गते सम्पन्न पाँचौँ वार्षिक साधारणसभाबाट पारित गरिसकेको छ। पारित बोनस सेयर नेप्से र सीडीएससीमा सूचीकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ। 

उक्त बोनस सेयर पाउने तथा बोनसमा लाग्ने करबापतको रकम गत माघ १५ गतेसम्म कायम सेयरधनीहरु स्वयंले तिर्नुपर्ने कम्पनीले जनाएको छ। उक्त करबापतको रकम कम्पनीको नाममा रहेको बैंक खातामा जम्मा गरिदिन कम्पनीले आग्रह गरेको छ। 

यस विषयमा थप जानकारी लिन सेयर रजिस्ट्रा प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।