काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने भएको छ। 

सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिकको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिने नीति लिइएको हो। यसका लागि सेबोनले संगठित संस्थाहरुलाई आवश्यक निर्देशन दिने भएको छ। 

हाल केही संगठित संस्थाहरुले बोनस सेयरका लागि लगानीकर्ताहरुलाई कर तिर्न लगाउन पाउने व्यवस्था थियो। धेरै संगठित संस्थाले भने लाभांश घोषणा गर्दा कर प्रयोजनका लागि रकम छुट्याउँदै आएका थिए।

अब सेबोनले जारी गर्ने निर्देशनपछि भने संगठित संस्थाहरुले अनिवार्य रुपमा बोनसमा लाग्ने करलाई अनिवार्य रुपमा नगद लाभांशबाट मिलाउन गर्नुपर्नेछ।