काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोनस सेयरका लागि दुई लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले सूर्योदय लघुवित्त र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो । नेप्सले सेयरमूल्य समायोजन गर्दै सूर्योदय लघुवित्तको प्रतिकित्ता सेयर ५४८.८७ रुपैया र चौतारी लघुवित्तको ४३३.६४ रुपैयाँ कायम गरेको छ । अव यी दुवैको सेयर कारोबार समायोजित मूल्यअनुसार नै खुल्नेछन् ।

सूर्योदयले आउँदो पुस ५ गते सातौ वार्षिक साधारणसभा गर्दैछ ।

सभामा मुख्य अजेन्डाका रुपमा राखिने गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको कुल ४६.८१ प्रतिशत लाभांश पारित हुनेछ । जसमा चुक्तापुँजी १० करोड ५९ लाख १९ हजार रुपैयाँको ४४.४७ प्रतिशतले हुन आउने ४ करोड ८० लाख रुपैयाँबजारको बोनस सेयर र बोनस सेयर करप्रयोजनार्थ २.३४ प्रतिशतले हुन आउने २५ लाख २६ हजार ३१५ रुपैयाँबराबरको नगद लाभांश रहेको छ ।

यसैगरी सभामा अर्को महत्वपूर्ण एजेन्डाका रुपमा राखिने सूर्योदय र त्रिलोक लुघवित्त वित्तीय संस्थाबीच आपसमा गाभ्ने गाभिने कुनै कार्य गर्न वा नेपाल राष्ट्रबैंक वा कम्पनी रजिस्ट्रारको कार्यालय वा अन्य नियामक निकायबाट मर्जरको अन्तिम स्वीकृति प्राप्त गर्ने सिलसिलामा कुनै निर्देशन प्राप्त भई सोअनुसार निर्णय गर्नुपर्ने भएमा वा मर्जर प्रक्रियालाई सफलतापूर्वक सम्पन्न गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय पारित हुनेछ ।

मर्जर प्रक्रिया पूरा बन्ने नयाँ संस्थाको केन्द्रीय कार्यालय पोखरामा राख्ने प्रस्ताव पनि पारित हुनेछ । हाल सूर्योदयको स्याङ्जाको पुतलीबजार र त्रिलोकको सुनवलमा केन्द्रीय कार्यालय छ ।

आपसमा मर्जरपछि बन्ने नयाँ संस्थाको नाम सूर्योदय लघुवित्त वित्तीय संस्था नै रहनेछ । सूर्यदोय र त्रिलोकबीच १ः०.९७ सेयर स्वाप रेसियोमा मर्जर हुन लागेको हो ।

बोनस सेयर वितरणपछि सूर्योदय लघुवित्तको चुक्तापुँजी १५ करोड ५९ लाख १९ हजार रुपैयाँ र त्रिलोक लघुवित्तको चुक्तापुँजी ६ करोड ९ लाख ५२ हजार ५०० रुपैयाँ जोड्दा एकीकृत संस्थाको चुक्तापुँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ पुग्नेछ । सभाले एकीकृत संस्थाको चुक्तापुँजी बराबरको हकप्रद सेयर निष्कासन गरी चुक्तापुँजी ४३ करोड ८५ हजार ८५० पुर्याउने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी चौतारी लघुवित्तले आउँदो पुस ९ गते आफ्नो चौथो वार्षिक साधारणसभा गर्दैछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी १८ करोड ६० लाख रुपैयाँको १०.८९ प्रतिशतले हुन आने २ करोड २ लाख ६४ हजार २१०.५३ रुपैयाँबराबरको नगद लाभांश र ७ प्रतिशतले हुन आउने १ करोड ३० लाख २० हजार रुपैयाँबराबरको बोनस सेयर पनि पारित गर्नेछ ।

सभामा मुख्य अजेन्डाका रुपमा आरम्भ लघुवित्तसँगको मर्जर प्रक्रियालाई टुंगो लगाउने हुनेछ । दुवै संस्था आपसमा गाभ्ने र गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त दुवै वित्तीय संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारेको मूल्यांकन प्रतिवेदन (डीडीए) समेतका आधारमा संयुक्त मर्जर समितिबाट निर्धारण गरिएको यसेयर स्वाप अनुपात १ः१ पारित गरी मर्जर प्रक्रियालाई सभाले स्वीकृत प्रदान गर्नेछ ।

सभाले दुवै संस्था आपसमा मर्ज भएपछि बन्ने नयाँ संस्थाको नाम आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड रहने प्रस्ताव पनि पारित गर्नेछ । यसको केन्द्रीय कार्यालय भने काभ्रेको बनेपामा रहनेछ ।