काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सर्वसाधारण लगानीकर्ताहरुका लागि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।

बोर्ड आउँदो माघ महिनाको दोस्रो सातादेखि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने भएको छ । अबदेखि प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार यस्तो प्रशिक्षण सञ्चालन हुने बोर्डले जनाएको छ ।

निःशुल्क रुपमा सञ्चालन हुने प्रशिक्षणमा सहभागी हुन आफ्नो नाम र ठेगाना दर्ता गराउन बोर्डले आह्वान गरेको छ ।

बोर्ड सञ्चालन गर्न लागेको प्रशिक्षण कार्यक्रम माघ १० गते शुक्रबारदेखि सुरु हुनेछ । यसमा सहभागी हुन इच्छुक लगानीकर्ताले माघ ८ गते बुधबारसम्म नाम टिपाइसक्नुपर्नेछ ।

प्रशिक्षण ललितपुरको जावलाखेलस्थित बोर्डको सभाहलमा हुनेछ । 

हेर्नुस् सूचना :