काठमाण्डौ । साताको पहिलो दिन आइतबार बजार करिब ७ अंकले घटेर बन्द भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार ७.२९ अंकले घटेर १ हजार ८५१.२३ को विन्दुमा बन्द भएको छ ।

दिनभर उत्तारचढावमा चलेको बजारमा १ अर्ब रुपैयाँभन्दा तलको कारोबार भएको छ । प्राविधिक रुपमा आजको बजारलाई बोलिङगर ब्यान्ड मार्फत हेर्दा  यो दिन मध्य ब्यान्डबाट तल झरेको छ । (हेर्नुहोस कालो एरो ।)

आज मध्य ब्यान्डमा छोडेको बजारले अब तल्लो ब्यान्ड भनेको १ हजार ८२२ मा बलियो सपोर्ट लिन सक्छ । म्याक्डीमार्फत् आजको बजारलाई हेर्दा केहि समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै छ र हिस्टोग्राम छोटा छोटा हुँदै गएका छन् । 

एमएसीडी लाइन र सिग्नल लाईन नजिक नजिक हुँदै गएका छन् । तर वियरिस क्रसओभर भने भै हालेको अवस्था भने होइन । आरएसआईमार्फत् हेर्दा करिब ५५ को तहमा पुगेर पुन :४२ को विन्दुमा पुगेको छ । सम्रगमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा विक्री दवाव रहेको देखिन्छ ।

पिभट् मार्फत् हालको बजारलाई हेर्दा बजार घटेमा नजिकको सपोर्ट १ हजार ८३१, १ हजार ८०३ र १ हजार ७५५ मा रहेको छ । यदि बजार बढेमा भने क्रमशः १ हजार ८७८,१ हजार ९०६ र १ हजार ९५३ मा क्रमशः प्रतिरोध सामना गर्न सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । )