काठमाण्डौ । सेयर बजारमा आज ब्याजदरको नकारात्मक प्रभाव परेको देखिएको छ।
अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले मुद्दति निक्षेपको ब्याजदर बढाएका छन्। जसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको हो।
सेयर बजार र बैंक ब्याजदर ठिक उल्टो सम्बन्ध रहेको हुन्छ। बैंकको ब्याजदर घट्दा सेयर बजार बढ्छ भने बैंकको ब्याजदर बढ्दा सेयर बजार घट्छ।
आज कारोबार खुलेको एक घन्टामै बजारमा ६४.९१ अंकको पहिरो गएको छ। नेप्से परिसूचक २८२४.१३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ११.२५ अंकले घटेर ५२७.२७ विन्दुमा ओर्लेको छ। कारोबार साढे २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
अहिलेसम्म नेप्से उपसमूहमा रहेका सबै १३ वटै समूहमा रातो पोतिएको छ। वित्त समूह सर्वाधिक ३.६ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ३.४९ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.८२ प्रतिशत, विकास बैंक समूहमा २.९३ प्रतिशत, जीवन बीमा समूह २.२८ प्रतिशत र लघुवित्त समूहमा २.२७ प्रतिशतको गिरावट आइसकेको छ। अन्य सबै समूह पनि १ देखि २ प्रतिशतको हाराहारीमा घटेका छन्।
यो समाचार तयार पार्दासम्म एउटाबाहेक सबै कम्पनीको सेयर भाउ घटेको छ। मनकामना स्मार्ट लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले उकालो लागेको छ भने युनाइटेड इदी मर्दीको सेयरमूल्यमा ६ प्रतिशत बढीको गिरावट आएको छ।
अहिलेसम्म अपी पावरको सर्वाधिक ९ करोड ९३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago