काठमाण्डौ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि दुई विवादित मलेरियाविरुद्धको औषधि प्रयोगमा ल्याउन अनुमति दिएको छ।
ब्राजिलमा कोरोना संक्रमित बिरामीको उपचारका लागि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्न अनुमति दिइएको छ। तर यी दुवै औषधि कोरोना उपचारमा प्रभावकारी साबित भने भइसकेका छैनन्।
गत मार्चमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सोसल मिडियाहरुमा हाइड्रोक्सिक्लोरोक्विन कोरोना उपचारमा प्रभावकारी रहेको दाबी गरेका थिए। तर पछि फेसबुक र ट्विटरमा फेक न्युज फैलाएको भन्दै विरोध हुन थालेपछि उनले आफ्नो दाबी प्रस्तुत गरिएका पोस्टहरु हटाएका थिए।
गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको बताएका थिए। तर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले राष्ट्रपति ट्रम्पको यो दाबी सुरक्षित र प्रभावकारी नभएको स्पष्ट पारेको थियो।
केही समयअघि वैज्ञानिकहरुले यो औषधि कोरोना संक्रमित बिरामीलाई दिँदा आँखा, मुटुलगायत अन्य अंगमा ठूलो असर गर्ने निष्कार्ष निकालेका थिए। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19