chandra saud
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ब्रोकरहरुको लगानीमा खुलेको आइटी कम्पनीलाई एपीआई(एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) नदिने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरुको डेटा सुरक्षाका निम्ति गत असोजमा स्थापना भएको क्यापटेक नेपाल नामक आइटी कम्पनीलाई एपीआई नदिने निर्णय भएको जानकारी दिएका छन् ।
५० ब्रोकर कम्पनीहरुको हातमा लगानीकर्ताहरुका गोप्य व्यक्तिगत डेटा कुनै पनि हालतमा नदिने उनले अडान व्यक्त गरे । ५० ब्रोकर कम्पनीको हातमा दिएको खण्डमा ब्रोकरहरुको हालीमुहाली हुने, पारदर्शिता नहुने र चलखेल गर्न ब्रोकरहरुलाई सहज हुने भएकाले समेत उक्त कम्पनीलाई एपीआई नदिने उनको तर्क छ ।
हामी व्यक्तिगत ब्रोकरले नेप्सेले तोकेको मापदण्ड अनुसार टीएमएस र डेटा सेन्टर बनाउन अनुरोध गरेको खण्डमा मात्र १ हप्ताभित्र एपीआई दिन्छौं, तर ब्रोकरको लगानीमा खुलेको संस्था वा कम्पनीलाई चाहिँ हामी कुनै पनि हालतमा दिन्नौं । साउदले बिजशालासँग भने ।
ब्रोकरहरुले एसआरएस समेत माग गरेको उनले खुलासा गरेका छन् । सफ्टवेयरका अन्तरनिहीत फिचर्सका विस्तृत विवरण पाउनुपर्ने ब्रोकरहरुको मागप्रति नेप्सेले बेवास्ता गरेको उनले जिकिरसमेत गरे ।
नेप्सेको सञ्चालक समितिले आइटी पोलिसी पास गरेको उल्लेख गर्दै हाल कार्यविधि अन्तिम चरणमा रहेको साउदको भनाइ छ ।
गत असोज ११ गते ब्रोकरहरुको अगुवाइमा क्यापटेक नेपाल नामक कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको छ । हालसम्म थप केही कार्यहरु नगरेको क्यापटेक नेपालका अध्यक्ष टंक गौतम बताउँछन् ।
टीएमएसँग सम्बन्धित मापदण्ड र प्राविधिक पाटोमा नियामकसँग छलफल भइरहेको गौतमले बताए । उक्त कम्पनीले सबै ब्रोकरहरुलाई एउटै टीएमएस नबनाई व्यक्तिगत ब्रोकरलाई छुट्टाछुट्टै टीएमएस बनाइदिने समेत जानकारी दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago