काठमाण्डौ । ब्रोकरले समयमा डीएनए लगइन नगरेका कारण प्रिओपन सेसनमा लगानीकर्ताले सेयर खरिदबिक्री गर्न पाइरहेका छैनन् ।
काठमाण्डौ कालीमाटीस्थित स्टक ब्रोकर नम्बर ५१ अक्सफोर्ड सेक्युरिटीज प्रालिका राम नेपालले प्रिओपन सेसनमा सेयर खरिदबिक्री गर्न नपाएको बिजशालासमक्ष गत भदौ ३० गते मंगलबार गुनासो गरेका हुन् । उनले विगत १०-१२ दिनदेखि प्रिओपन सेसनमा सेयर किनबेच गर्ने प्रयास गर्दा सिस्टम नै नखुलेको जिकिर गरे ।
नेपाललगायत उनका साथीहरु समेत प्रिओपन सेसनमा सेयर किनबेच गर्नबाट बञ्चित रहेको गुनासो छ । नेपालले नियमित सेसनमा चाहिँ लगइन गरी सहजै सेयर किनबेच गर्न सकिने दाबीसमेत गरेका छन् ।
अक्सफोर्ड सेक्युरिटीजका सञ्चालक रामकृष्ण तिवारीले २-३ दिन समस्या रहेको बताए । नेप्सेमा नै समस्या रहेको र सिस्टम खराबी भएकाले ग्राहकले प्रिओपन सेसनमा सहभागी हुन नसकेको उनको दाबी छ । 'ब्रोकरले बन्द गर्न मिल्दैन',उनले बिजशालासँग भने-'वाइको प्रालिकै गल्तीले गर्दा प्रिओपन सेसनमा सेयर किनबेच गर्न नमिलेको हो, अब त्यो समस्या हल भइसकेको छ ।'
खास कुरा के हो?
हरेक दिन नेप्सेको टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम) र नट्स(नेप्से अनलाइन कारोबार प्रणाली बीच इन्टीग्रेट हुनुपर्छ । नेप्सेबाट स्टक ब्रोकरहरुलाई मात्र डीएनए(डाइरेक्ट नट्स एक्सेस) लगइन दिइएको हुन्छ । बिजशाला निकट ब्रोकर स्रोतका अनुसार प्रिओपन सेसन(बिहान १०ः३०) अघि नै ब्रोकर कम्पनीका कर्मचारीहरुद्वारा डीएनए लगइन गर्नुपर्छ, तर सो समयमा लगइन गरेन भने सो ब्रोकर कम्पनी मातहतका ग्राहकले टीएमएसमा पहुँच पाउन नसक्ने स्रोतको भनाइ छ ।
लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणालीमा समाहित भएपछि प्रिओपन सेसनमा स्वयं सेयर खरिदबिक्री अर्डर गर्ने चलन निकै बढेको छ । सामान्यतया सातामा ५ दिन खुल्ने सेयर बजारमा हरेक बिहान १०ः३० देखि १०ः४५ सम्म नेप्सेले प्रिओपन सेसन चालू गरेको छ । सो समयमा अघिल्लो दिनको अन्तिम मूल्यमा ५ प्रतिशत घटबढ गरी लगानीकर्ताहरुले सेयर किनबेचका लागि अर्डर गर्छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago