काठमाण्डौ । नेप्सेको कारोबार नियमावलीविपरीत गतिविधि गरेको भन्दै ब्रोकर नं. ३ अरुण सेक्युरिटिजको कारोबार तीन दिन निलम्बनमा परेको छ । 

नेप्सेले बुधबार एक सूचना जारी गर्दै यो ब्रोकर कम्पनीले असार ५, ८ र ९ गते कारोबार गर्न नपाउने गरी कारबाही गरिएको प्रस्ट्याएको छ । यो कारबाहीसँगै अरुण सेक्युरिटिजमार्फत सेयर कारोबार गर्ने लगानीकर्ता मर्कामा पर्ने भएका छन् ।