काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर र मर्चेन्ट बैंकहरुका कामकारबाहीको निरीक्षण तथा अनुगमनको काम पुनः सुचारु गरेको छ।
सेबोनले कोरोनाको तेस्रो लहरका साथै सेबोनमा अध्यक्ष नहुँदा रोकिएको नियमित निरीक्षणको काम पुनः सुचारु गरेको हो। धितोपत्र ऐन २०६३ को परिच्छेद ८ को ‘नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ’ को दफा ८४ को ‘नियमन तथा अनुगमन गर्ने’ शीर्षकमा सेबोनले आफैँले वा अरू कसैलाई आफूलाई भएको अधिकार प्रत्यायोजन गरी धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गरिएका संगठित संस्थाले गर्ने धितोपत्रसम्बन्धी कामकारबाहीको नियमन तथा अनुगमन गर्न सक्ने उल्लेख गरिएको छ।
त्यस्तै उक्त परिच्छेदको दफा ८५ को ‘निरीक्षण तथा जाँचबुझ गर्न सक्ने’ शीर्षकमा सेबोन वा सेबोनबाट अधिकार प्राप्त व्यक्तिले आफूलाई भएको अधिकार प्रत्यायोजन गरी निरीक्षण तथा जाँचबुझ गर्ने, सोधपुछ गर्ने, बयान लिने साथै जाँचबुझको प्रतिवेदन सेबोनले तोकेबमोजिम सेबोनसमक्ष पेस गर्न भनिएको छ।
सेबोनका प्रवक्ता निरज गिरीले अनुसार सेबोनले कोरोनाको तेस्रो लहरका साथै सेबोनमा अध्यक्ष नहुँदा ब्रोकर र मर्चेन्ट बैंकहरुका कामकारबाहीको नियमित निरीक्षणको काम रोकिएको बताए। ‘नयाँ अध्यक्षको नियुक्तिपश्चात सेबोनको नियमित हुने वार्षिक कामहरु अघि बढेसँगै नियमितअन्तर्गतको निरीक्षण तथा अनुगमन काम पनि सुरु गरिएको हो’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago