काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमले सेयर दलालमार्फत तत्काल मार्जिन ल्याण्डिङको सुविधा उपलब्ध हुने व्यवस्था, सेयर दलालको कमिसन घटाएर ०.२५ प्रतिशतमा सीमित गर्न तथा  हकप्रद र लिलामीको सेयर भर्न आस्वा प्रणाली लागू गर्न लगायत १० बुँदे माग राख्दै नेपाल स्टक एक्सचेञ्जमा ज्ञापनपत्र बुुझाएको छ । 

फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेल र उपाध्यक्ष छोटेलाल रौनियार लगायतको टोलीले नेप्सेका नवनियुक्त प्रमुुख कार्यकारी अधिकृत चन्द्र साउदलाई भेट गरेर बजारको विकास तथा बिस्तार र लगानीकर्ताको हितको बिषयमा १० बुँदे ज्ञापनपत्र बुुझाएको हो । 

फोरमले सूचिकृत हरेक कम्पनीले त्रैमासिक बित्तीय विवरण पत्रिकामा छाप्नुभन्दा अघिल्लो दिन बेलुका पीडीएफ फाईल बनाएर नेप्सेमा पठाउनुपर्ने र त्यो फाईललाई नेप्सेले आफ्नो वेभसाइटमा भोलिपल्ट कार्यालय समय सुरु हुने बेलासम्ममा अपलोड गर्ने व्यवस्था गर्न माग गरेको छ । 
ज्ञापनपत्रमा समेटिएका १० बुँदा यस्ता छन्:

१. नेपालको पूँजीबजारको बिकास र आधुनिकीकरणका लागि पूर्ण अनलाईन कारोबार प्रणाली अतिआबश्यक छ । अबको कतिदिन भित्रमापूर्ण अनलाईन कारोबार प्रणाली लागु हुने हो स्पष्ट पारियोस र पूर्णअनलाईन प्रणालीसम्बन्धी कामगर्ने  कार्यदलमा नेपाल ईन्भेष्टर्स फोरमको प्रतिनिधित्व सुनिश्चितगरियोस् ।

२. हाल संचालनमा रहेका ५० वटा सेयर दलालको संख्या र पहुँचआमलगानीकर्ताहरुकाबीचमान्युन रहेको, बढ्दो बजारको आबश्यकता पुरा गर्न, देशकाकुनाकाप्चामा रहेकालगानीकर्ताहरुलाई अत्याधुनिक सुबिधादिन र पूर्ण अनलाईन कारोबार प्रणाली कार्यान्वयनमाल्याउन उनीहरुबाट मात्रै संभवनहुने हुँदा संस्थागत बाणिज्य बैंक तथाव्यक्तिगफर्महरुलाईब्रोकर लाईसेन्स दिईयोस् । देश संघियतामा गएकाले प्रत्येक प्रदेशमा  क्षेत्रीय सेयरदलालहरुलाई लाईसेन्स दिईयोस । सबै स्थानीयतहमाबैंक मार्फत सेयर कारोबार हुने ब्यवस्थागरियोस् ।

३. गैरआवासीय नेपाली, विदेशमा बस्ने नेपालीनागरिक र संस्थागतविदेशीलगानीकर्ताहरुलाई सेयर बजारमाप्रबेश गराईयोस् ।

४. बैंक तथाबित्तीय संस्थाहरुबाट सेयर धितो कर्जा लिँदाहामीलगानीकर्तालाई धेरै असुविधा र झंंझट भएकाले सेयर दलालमार्फत तत्कालमार्जिन ल्याण्डिड. उपलब्धहुने ब्यवस्थागरियोस । डिलरशीपपनिउनीहरुलाई दिईयोस र कार्यक्षेत्र बिस्तार गरियोस् ।

५. अहिलेको ब्रोकर कमिशनज्यादै महंगो भई हामी समस्तलगानीकर्ताहरुलाई मर्का परेकाले ब्रोकर कमिशन यथाशीघ्र अधकितम ०.२५ प्रतशितसम्म सीमितपारी लगानीकर्ताले शेयर  किनबेच गर्न पाउने प्रणाली लागू गरियोस । दक्षिण एशियाकै सबैभन्दामहंगोे कमिशन दर नै  पूँजीबजारको बिकास र विस्तारको ठूलो बाधकहो ।

६. हकप्रदआबेदन र लिलाममाआउने सेयरमाबोलपत्र पेश गर्ने  प्रक्रियालाई तत्कालआश्वा प्रणालीमा आबद्ध गरी राजधानीबाहिर रहेकालाखौं लगानीकर्ताले समेत सहज र सरल रुपमाआबेदनगर्ने र रकमफिर्ता पाउने ब्यवस्था सुनिश्चितगरियोस ।

७. नेप्सेमा सूचिकृत कम्पनीहरुले बर्षौसम्म साधारणसभा नगर्नाले हामीलगानीकर्ता प्रताडित बनिरहेका छौ । हाम्रो मर्का हटाउन हरेक पुसमसान्तभित्र साधारणसभा नगर्ने कम्पनीलाई आर्थिक जरिवाना र कडाईगरियोस् । कम्पनी ऐनमा हरेक पुस मसान्तभित्रमापब्लिककम्पनीले साधारणसभा गरी विवरण पेश गर्नुपर्ने ब्यवस्था रहेकोले कानुनपालनामा समेत सघाउ पुग्छ र सूचिकृत कम्पनीहरुको संस्थागत सुशासनमा समेत सुधार आई हामीलगानीकर्ताहरुको हित संरक्षण हुन्छ । राजश्व असुली बढेर सरकार, नेप्से, धितोपत्रबोर्ड, ब्रोकर, लगानीकर्ता सबैलाई फाईदा हुन्छ ।

८. साधारणसभाले पारित गरेकोे बोनस र हकप्रद सेयर जारी भई बिक्रीबन्दभएको महिनौपछि पनिलगानीकर्ताको खातामानआउने समस्या रहेकोले बोनस र हकप्रदजारी भएको तीनमहिनाभित्रमालगानीकर्ताको खातामाआईसक्ने ब्यवस्थागर्नु लगानीकर्ता र पूँजीबजारको हितमाहुने ठानेका छौ । सेयर धितो कर्जा लिएकाहरुको सवालमाउनीहरुले प्राप्तगर्ने बोनस रहकप्रद सेयर बैंकको नाममा रोक्कानभईकनसिधै लगानीकर्ताको खातामाजाने ब्यवस्थाहोस् । बैंकसँगनो अब्जेक्शन लेटर लिननपरोस् ।

९. बजार निर्माता (मार्केट मेकर) लाई तत्काललाईसेन्स दिई पूँजीबजारमाभित्र्याईयोस । यसले बजारको अनाबश्यकउतार चढावलाई नियन्त्रण गरी आम सर्बसाधारण लगानीकर्ताको लगानी सुरक्षितपार्नुका साथै बजारलाई स्थायित्व दिन्छ र बिस्तारमा सघाउँछ ।

१०. सूचिकृत हरेक कम्पनीले त्रैमासिकबित्तीयविवरण पत्रिकामा छाप्नुभन्दा अघिल्लो दिन बेलुका पीडीएफ फाईल बनाएर नेप्सेमा पठाउनुपर्ने र त्यो फाईललाई नेप्सेले आफ्नो वेभसाईटमा भोलिपल्ट कार्यालय समय सूरु हुनेबेला सम्ममाअपलोड गर्नु आबश्यक देखिएको छ । यसो गर्दा देशकाकुनाकाप्चामा रहेकामात्रै हैन बिदेशमा रहेका नेपालीले पनि सहजै रुपमा सुसुचितहुनपाउने, पीडीएफ फाईलकाकारण नेप्सेको साईटमा कुनै लोडनपर्ने, खासै खर्च नहुने भई समग्र पूँजीबजारलाई नै फाईदा पुग्ने हुँदा यसै त्रैमासिकबित्तीयविवरण बाटै सुरुवातगरियोस भन्ने मागगर्दछौ ।