काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७९-८० मा आर्जन गरेको खूद मुनाफा र सञ्चित रकमबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

कम्पनीले चुक्तापूँजी ५७ करोड २० लाखको १०.५२६३ प्रतिशतले हुन आउने ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । 

नगद लाभांश प्रस्ताव पारित गर्ने अजेण्डासहित कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले  २३ औं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ । 

कम्पनीले पुस २४ गते मंगलबारका दिन काठमाण्डौको नयाँ बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बिहान १० बजे साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा सञ्चालक समितिका अध्यक्षबाट पेश हुने आ.ब. २०७९-८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने अजेण्डा समेत पेश हुनेछ । सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव समेत पेश हुनेछ । 

नयाँ आयोजनामा लगानी गर्ने सम्बन्धमा समेत विशेष निर्णय हुने बताइएको छ । 

संस्थापक सेयरधनीहरुबाट ७ जना र साधारण सेयरधनीहरुबाट २ जना सञ्चालकहरु नियुक्त गर्ने अजेण्डा समेत राखिएको छ । 

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि पुस ५ गते एक दिन बुक क्लोज हुने बताएको छ। यसको अर्थ यो कम्पनीबाट प्रस्तावित लाभांश पाउन तथा साधारणसभामा सहभागी हुनका लागि पुस ४ गतेसम्म कम्पनीको सेयर किनेर सेयरधनी कायम भइसक्नुपर्नेछ ।