काठमाण्डौ । बैंक तथा बित्तीय संस्था तथा अन्य कम्पनीमध्ये अधिकांशले पछिल्लो आर्थिक वर्षको वासलात नयाँ आबको साउन महिनाभित्रमा सार्वजनिक गरिसक्छन । केही छुटेकाहरुले मात्र भदौमा आफ्नो चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्छन । गत आर्थिक वर्षमा अधिकांश बैंक तथा बित्तीय संस्था र अन्य कम्पनीहरुले उच्च नाफासहितको वासलात सार्वजनिक गरेपछि कारोबारका लागि मुख्य महिना मानिएको भदौलाई पूँजीबजारले ग्रिन सिग्नलसहित स्वागत गरेको छ । 

साउन महिनाभरिको उतारचढावका कारण तनाव भोगेका लगानीकर्ताहरुलाई राहात दिंदै पूँजीबजारले भदौलाई दोहोरो अंकमा भएको बढोत्तरीसहितको ग्रिन सिग्नलले स्वागत गरेको हो । 

केही वर्षअघिको नेपाली पूँजीबजारको घटबढलाई हेर्ने हो भने भदौं महिना लगानीकर्ताका लागि महत्वपूर्ण मानिन्छ । यो महिना प्राय पूँजीबजार माथि उक्लिन्छ । विगतका वर्षहरुको यही ट्रेण्ड यो वर्ष पनि निरन्तर हुने संकेत दिंदै बजारले बुधबार दोहोरो अंकको वृद्धि हासिल गरेको हो । 

केही वर्षअघिको नेपाली पूँजीबजारको घटबढलाई हेर्ने हो भने भदौं महिना लगानीकर्ताका लागि महत्वपूर्ण मानिन्छ । यो महिना प्राय पूँजीबजार माथि उक्लिन्छ । विगतका वर्षहरुको यही ट्रेण्ड यो वर्ष पनि निरन्तर हुने संकेत दिंदै बजारले बुधबार दोहोरो अंकको वृद्धि हासिल गरेको हो । 

नेप्से परिसूचक १७.५४ अंकले बढी १७३४.९९ अंकको उचाईमा  पुगेको हो । एक समूह बाहेक बाँकी सबै समूहको परिसूचक दोहोरो अंकले बढेको छ । बिमा समूह भने १०५.२६ अंकले उकालो लाग्यो । वाणिज्य बैंक समूह १६.०२, विकास बैंक २६.२४ अंकले बढे । होटल समूह ६१.३४, जलविद्युत समूह १५.१५ र अन्य समूह ६.३७ अंकले उकालो लागे । बित्त समूह ०.०१ को झिनो अंकले तल झर्यो भने उत्पादनमूलकमा ८.५९ अंकको गिरावट देखियो । 

नेप्से परिसूचक दोहोरो अंकले बढे पनि बुधबार कारोबार रकम भने  मंगलबारको तुलनामा कम भयो । यो दिन १ सय ४५ कम्पनीका कुल १६ लाख ९६ हजार  ५ सय ६२ कित्ता सेयर ९९ करोड ९२ लाख ७७ हजार रुपैयाँमा किनबेच भयो । 

बुधबार सेन्सेटिभ र फ्लोट इण्डेक्स क्रमशः ३.६६ र १.२५ अंकले उक्लिए । 

धेरै कारोबार गर्ने कम्पनीहरु
यो साताको हरेक कारोबार दिन सबैभन्दा धेरै कारोबार गरिरहेको नेपाल बंगलादेश बैंकले बुधबार पनि अग्रता लियो । यो बैंकको कुल ६ करोड ९९ लाखको कारोबार भयो । लुम्बिनी जनरल इन्स्योरेन्सले ५ करोड २१ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ४ करोड ६१ लाखको कारोबार गरे । नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४० लाख, सिद्धार्थ बैंकको ३ करोड १३ लाख, नेपाल बैंकको २ करोड ७८ लाख, प्रभू इन्स्योरेन्सको २ करोष्ड ७० लाख, नेशनल लाइफ इन्स्योरेन्सको २ करोड ६० लाख, एनएमबी बैंकको २ करोड ३८ लाख र माछापुच्छे बैंकको २ करोड २९ लाखको सेयर किनबेच भयो । बुधबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंक ६ स्थानमा तल झर्यो भने विमा समूह ४ स्थान ओगट्दै माथि उक्लियो । 

धेरै कमाउने र गुमाउने कम्पनीहरु
बुधबार प्रोग्रेसिभ फाइनान्स लिमीटेड, हाम्रो  विकास बैंक, राप्तिभेरी विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यी कम्पनीको सेयर मूल्यमा क्रमशः ९.८३, ९.७६, ९.७६ प्रतिशतको बढोत्तरी भयो । सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ९.५२ प्रतिशतले बढ्यो । यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सम्पत्ति ९.१५ प्रतिशतले बढाउँदा रिडी हाइडोपावरको सेयर मूल्यमा पनि करिब ९ प्रतिशतले बढोत्तरी भयो । 

बुधबार लक्ष्मी भ्यालू फण्ड १ को सेयर मूल्यमा पहिरो गयो । यो कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले खिइयो । युनियन फाइनान्स, मिथिला लघुवित्त विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्सका लगानीकर्ताले पनि धेरै गुमाउनुपर्यो ।