काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले आउँदो भदौ १८ गतेबाट हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० करोड ५० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो। 

अपर तामाकोशीलाई नेपाल धितोपत्र बोर्डले गत असार २२ गते हकप्रद निष्कासन गर्न अनुमति दिएको थियो।

हकप्रद सेयर निष्कासन प्रयोजनार्थ कम्पनीले गत साउन २६ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत साउन २५ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्। 

यो हकप्रदको निष्कासन बन्द असोज ७ गते बैंकिङ समयपछि हुनेछ। 

अपर तामाकोशीको हकप्रद बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेका छन्।