 
                     
                                
                             
                                    काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आउँदो भदौ ६ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर सार्वजनिक निष्कासन गर्ने भएको छ।
कम्पनीले १ः१ अनुपातमा हकप्रद आफ्ना सेयरधनीहरुलाई बिक्री खुला गर्न लागेको हो। जसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रदको बिक्री खुला गर्नेछ।
यो हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका अस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ। सीडीएससीको मेरो सेयरमार्फत आवेदन भर्न सकिन्छ।
बरुण हाइड्रोपावरले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत साउन २ गते बुक क्लोज गरिसकेको छ। तसर्थ गत साउन १ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउँछन्। यो हकप्रदमा सेयरधनीहरुले भदौ २६ गतेसम्म आवेदन दिन पाउनेछन्।
बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19