काठमाण्डौ । चितवन भरतपुर महानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेका मेयर उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ। 

हालसम्मको मतगणनाअनुसार सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ६ हजार १९ मत प्राप्त गरेकी छन्। उनले निकटतम प्रतिद्वन्द्व एमालेका विजय सुवेदीलाई ६३ मतले पछि पार्दै अग्रता लिइरहेकी छन्। 

सुवेदीले अहिलेसम्म ५ हजार ९५६ मतका साथ दाहाललाई पछ्याइरहेका छन्। 

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल पनि २ हजार ९३७ का तेस्रो स्थानमा छन्। 

भरतपुरको उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ७ हजार ३४६ मतका साथ अग्रस्थानमा छन्।