चितवन । चितवनकाे भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मदेवार रेणु दाहाल ९८ मतान्तरले अगाडि छन्। उनी गठबन्धनबाट उम्मेदवार बनेकी हुन्।

२ हजार ९६८ मतगणना हुँदा दाहालले  १ हजार १०५ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १ हजार ७ मत पाएका छन् । सुवेदीलाई राप्रपाकाे पनि साथ छ।

कांग्रेसका बागी उम्मेदवा  जगन्नाथ पौडेलले ३९० मत पाएका छन्।

उपमेयरमा भने कांग्रेस अगाडि छ। कांग्रेसका चित्रसेन अधिकारीले १ हजार २२६ मत पाउँदा राप्रपाका हिमला गुरुङले ८३० मत ल्याएका छन् ।