काठमाण्डौ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा सोमबार राति एक कोरोना संक्रमितको मृत्यु भएको छ।
मृतकमा रुपन्देहीको गैडहवा गाउँपालिका ५० वर्षीय पुरुष छन्। करिब डेढ साताअघि भवन निर्माणमा खटिँदा लडेर गम्भीर घाइतेका थिए।
टाउकोमा गम्भीर चोट लागेका ती व्यक्तिको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो। त्यहीँ उपचारका क्रममा उनको स्वाब परीक्षण गत भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसपछि ती व्यक्तिलाई भीम अस्पताल पठाइएको थियो। त्यहीँ उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago