काठमाण्डौ। स्मार्टफोन भविष्यमा कस्तो हुनेछ ? विशेषगरी यो उद्योगसँग सम्बन्धित कुनै पनि नयाँ प्रविधि देखिएपछि यो प्रश्न धेरैपटक मनमा आउँछ। विश्वभरका मानिस भविष्यको स्मार्टफोनको तयारीमा लागेका छन्। त्यस्ता केही व्यक्तिले ‘ह्युमन’ नामक स्टार्टअप सुरु गरे।

ह्युमनको सिक्रेट टेकको व्यापक चर्चा भइरहेको छ। एप्पलका भूतपूर्व कर्मचारीहरुले करिब ५ वर्षअघि यो कम्पनी बनाएर स्मार्ट डिभाइसको भविष्यमा काम गर्न थालेका थिए। त्यसपछि यस्तो समय आयो कि जब कम्पनीले स्क्रिनलेस फ्युचरको बाटो देखायो। अर्थात्, यस्तो भविष्य जहाँ स्मार्टफोन हुनेछन् तर तिनीहरुको स्क्रिन हुने छैन। 

यो सुन्दा धेरै अनौठो लाग्दैछ तर यो टेक्नोलोजी छिट्टै लन्च गर्न तयारी भइरहेको छ। कम्पनीले हालै आफ्नो पहिलो उत्पादन टिज गरेको छ। जसले भविष्यमा स्मार्टफोन प्रतिस्थापन गर्न सक्छ। 

यो पूरै चर्चा ह्युमनका सहसंस्थापक इमरान चौधरीको टेड टक भिडियोपछि सुरु भएको हो। गत अप्रिल महिनामा इमरानले एक शोमा यो उत्पादनका बारेमा जानकारी दिएका थिए। जसको भिडियो पछि लिक भएको थियो। 

इमरानले उक्त शोमा ह्युमनको एउटा सानो डिभाइस देखाए। जसले स्मार्टफोनलाई प्रतिस्थापन गर्न सक्छ। 

प्रयोगकर्ताले यो डिभाइसलाई आफ्नो सर्टको खल्तीमा राख्न सक्नेछन्। जुन क्यामेरा, प्रोजेक्टर र स्पिकरले सुसज्जित हुनेछ।

१३ मिनेटको यो भिडियोमा इमरानले डिभाइसका बारेमा विस्तृत जानकारी दिएका छन्। शोका क्रममा इमरानलाई एउटा फोन कल आउँछ। उक्त डिभाइसमा घन्टी बज्छ। त्यसपछि उनले ले फोन रिसिभ गर्नुअघि आफ्नो हात उठाएर प्रोजेक्टरको अगाडि ल्याउँछ। त्यहाँ कल गर्नेको नाम, फोन पिक वा डिसकनेक्टजस्ता अप्सन देख्छन्।

त्यसपछि इमरानले यो डिभाइसमा औँला राख्छन् र प्रश्न सोध्छन्। जसको जबाफ डिभाइजले दिन्छ। त्यसपछि उनले डिभाइसमा दुई औँला राख्छ र त्यसपछि एक वाक्य बोल्छ, जुन डिभाइसले अनुवाद गर्दछ। यसबाहेक ह्युमनको यो डिभाइसले ई–मेल, क्यालेन्डर इभेन्ट्स र अन्य म्यासेज पनि पढेर सुनाउँछ।

त्यसपछि इमरानले एउटा चकलेट उठाएर डिभाइसको अगाडि राख्छन् र म खान सक्छु ? भनेर सोध्छन्। जसको जबाफमा डिभाइसले यो चकलेटबाट एलर्जी हुने भएकोले नखान सल्लाह दिन्छ। 

यो डिभाइस प्रयोगकर्ताको मनोरञ्जनका लागि उपयुक्त नहुन सक्छ। तर, यसले निश्चित रुपमा धेरै कुरा सजिलो बनाउँछ।  इमरान भन्छन्, ‘हामी यो भन्न चाहन्छौँ कि यो एक्सपिरियन्स स्क्रिनलेस र बिना कुनै समस्या पाउन सकिन्छ। यसको मद्दतले कम्प्युटिङको पावर आफू आसपास रहँदा एक्सेस गर्न सकिन्छ। यसबाट समस्या समाधान गर्न सकिन्छ।’ –एजेन्सी