काठमाण्डौ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सिंगो विश्वको ध्यान गइरहेको मौकामा ह्याकरहरु नेपालमा समेत सक्रिय भएका छन् । उनीहरुले यही मौका छोपेर इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटका हजारौं ग्राहकको व्यक्तिगत विवरण चोरी गरेका रहस्य खुलेको हो ।
भायानेटका १ लाख ७० हजार ५ सय ग्राहको व्यक्तिगत विवरण ह्याक गरी ह्याकरहरुले सार्वजनिक गरिदिएपछि यस्तो रहस्य खुलेको हो ।
मंगलबार राति ह्याकर समूहले कम्पनीको कमजोर प्रणालीमा प्रवेश गरेर ग्राहकको व्यक्तिगत विवरण लिई उनीहरुको नामसहित इमेल, फोन नम्बर र ठेगाना सार्वजनिक गरिदिएको हो ।
भायानेटका एक अधिकृत स्तरका कर्मचारीले घटनाको पुष्टि गर्दै यो विषयमा सुक्ष्म अनुसन्धान थालिएको बताएका छन् । उनले घटनामा कम्पनीकै कुनै कर्मचारीको मिलमतो रहेको आशंका समेत गरिएको छ ।
कम्पनीले इन्टरनेट सेवा प्रदायक संघलाई घटनाको विषयमा जानकारी गराइसकेको छ भने प्रहरीमा समेत छानबिनमा सहयोगका लागि उजुरी दिइसकेको छ ।
करिब एक महिनाअघि फूडमाण्डू नामको खाना तथा परिकारहरुको अनलाइन व्यापार गर्ने कम्पनीको सिस्टम समेत ह्याक भएको थियो । सो घटनाको विषयमा गम्भीर अनुसन्धान अझै नहुँदा र हेलचेक्र्याईँ गरिँदा ह्याकरहरुको मनोबल उच्च रहेको देखिएको आइटी विज्ञहरु दाबी गर्छन् ।
पछिल्ला वर्षहरुमा ह्याकरहरुले नेपाललाई आफ्नो क्रीडास्थल बनाइरहेका छन् । चिनियाँ ह्याकरहरुको समूहले एटीएमको सिस्टम नै ह्याक गरी करोडौं रकम चोरी गरेका घटना ताजै छ । यस्ता घटना बढिरहेका कारण इन्टरनेटमा आधारित सेवा प्रवाह गर्नेहरुले सजगता अपनाउनुपर्ने आवश्यकता बढ्दै गएको प्रहरी बताउँछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19