काठमाण्डौ । भारत सरकारले विश्व महामारी कोरोनाभाइरसको उपचारमा प्रयोग भइरहेको हाइड्रोक्सी क्लोरोक्वाइनको निर्यातमा प्रतिबन्ध लगाएको छ।
घरेलुु उपचारमा औषधिको पर्याप्तता सुुनिश्चित गर्न निर्यातमा प्रतिबन्ध लगाएको भारत सरकारले जनाएको छ। यो औषधि विशेष गरेर मलेरियाको उपचारमा प्रयोग हुँुदै आइरहेको छ। तर यो कोरोनाको उपचारमा समेत प्रभावकारी देखिएकाले चिकित्सकहरुले यसको प्रयोग गरिरहेका छन्।
भारतको चिकित्सा शोध परिषदका महानिर्देशक बलराम भार्गवले पनि कोरोनाको उपचारका लागि हाइड्रोक्सी क्लोरोक्वाइन प्रयोग गर्नका लागि सिफारिस गरेका छन् । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19