काठमाण्डौ । भारत सरकारले टिकटकलगायत ५९ वटा चिनियाँ एपहरुलाई प्रतिबन्ध गर्ने घोषणा गरेको छ।

भारत सरकारद्वारा जारी एक सुचनामा भारतको सार्वभौमसत्ता र सुरक्षा खतरामा रहेको जनाइँदै यी एपहरुमा प्रतिबनध लगाउने निर्णय लिइएको जनाइएको छ। भारतीय गृहमन्त्री अमित शाहले सुरक्षाका कारण चिनियाँ एपहरुलाई प्रतिबन्ध लगाउने निर्णयलाई सोमबार सदर गरेपछि भारतको सूचना प्रविधि मन्त्रालयले फोन कम्पनीहरुलाई यी एपहरुलाई प्रतिबन्ध गर्न आदेश दिएको हो। 

प्रतिबन्ध गरिएका एपहरुमा टिकटक, यूसी ब्राउजर र सेयरइटजस्ता एपहरु रहेका छन्। 

भारत र चीनबीच गलवान क्षेत्रमा भएको सीमा विवादका क्रममा २० जना भारतीय सैनिक मारिएपछि भारत सरकारले यस्तो निर्णय लिएको हो। यो घटनापश्चात भारतमा चिनियाँ उत्पादनहरु ब्हिष्कार भइरहेको छ। 

भारत सरकारले लगाएको यो नयाँ प्रतिबन्धपछि एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्महरुले आफ्नो स्टोर्सबाट यी एपहरु हटाउनुपर्ने छ। तथापि भारतीय नागरिकहरुलाई यी एपहरुलाई अनस्टल गर्ने आदेश भने दिइएको छैन। 

चिनियाँ मोबाइल, एपहरु र उत्पादनहरुका लागि भारत एक विशाल बजारका रुपमा रहँदै आइरहेको छ। यस प्रकारको प्रतिबन्धले भारत र चीनबीचको सीमा विवादले अर्थव्यवस्थामा समेत प्रवेश गरेको विज्ञहरुले बताएका छन्। – एजेन्सी